हाँस्य कलाकारद्वय राजाराम पौडेल र सन्तोष पन्त ‘नेपाली दल’ नामक राजनीतिक पार्टीमा समाहित भएका छन् ।
बालकृष्ण न्यौपाने अध्यक्ष रहेको नेपाली दलले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर ‘परिवर्तनका लागि नागरिक आन्दोलन कार्यक्रम’ घोषणा समेत गरेको छ । नेपाली दल राजसंस्था ल्याउन गठन भएको हो ।
पत्रकार सम्मेलनमा सन्तोष पन्त देखिएका थिएनन् । तर, पन्तलाई भारतमा आन्दोलनको संयोजन गर्ने जिम्मेवारी दिइएको छ । हास्य कलाकार पौडेललाई सह–संयोजकको जिम्मेवारी दिइएको छ ।
नेपाली दलले वरिष्ठ अधिवक्ता डा।सुरेन्द्र भण्डारीको संयोजकत्वमा फागुन १७ गतेबाट ‘परिवर्तनका लागि नागरिक आन्दोलन’ नामक कार्यक्रमको घोषणा गरेको छ ।
हाँस्यकलाकार राजाराम पौडेलले नेपालमा आन्दोलन नगरेर कुनैपनि राम्रो काम हुन नसेकेको भन्दै आन्दोलनको विकल्प नरहेको बताए । उनले अहिलेका राजनीतिक दलमा रहेकाहरुलाई आफुले नेता नभइ खुत्रुके भनेर सम्बोधन गर्ने बताए ।
‘खुत्रुके भर्नुहोस् तर, समय आएपछि हामीले त्यसलाई फुटाएर देश र जनताको लागि प्रयोग गर्नेछौं’, उनले भनेका छन् ।
पौडेलले कलाकारिता क्षेत्रमा रहेका सम्पूर्णलाई नेपाल रह्यो भनेमात्र नेपालको कलाकार रहने भन्दै पार्टीको झण्डा नभएर देशको झण्डा बोक्न अनुरोध गरेका छन् ।