चाँगुनारायण जङ्गलमा चरा गणना सुरु • Nepal's Trusted Digital Newspaperचाँगुनारायण जङ्गलमा चरा गणना सुरु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चाँगुनारायण जङ्गलमा चरा गणना सुरु

चाँगुनारायण जङ्गलमा चरा गणना सुरु

  • समाचारपाटी
  • शुक्रबार, माघ ७, २०७८
चाँगुनारायण जङ्गलमा चरा गणना सुरु

धेरै प्रजातिको चरा पाइने कथन रहँदै आएको चाँगुनारायण नगरपालिकाको जङ्गल क्षेत्रमा गणना सुरु गरिएको छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कमलराज गोसाइँसहितको टोलीले वडा नम्बर ६ र ७ को सिमाना क्षेत्रमा रहेको मुहानपोखरी आसपास क्षेत्रमा रहेका चराको गणना सुरु गरेको हो ।

त्रिवि केन्द्रीय वातावरण विज्ञान विभागलगायत विभिन्न कलेजका स्नातकाेत्तर र विद्यावारिधि अध्ययनरत विद्यार्थी एवं पक्षी संरक्षण सङ्घका प्रतिनिधि सहभागी रहेको टोलीले चरा गणना सुरु गरेका हुन् । गोसाइँका अनुसार चाँगुनारायणको यस क्षेत्रमा ५३ प्रजातिका चरा पाइन्छन् ।

थप प्रजातिका चराको पनि गणनाको क्रममा अध्ययन हुने छ । चाँगुनारायण नगरपालिकाबाट सुरु भएको चराको गणना र अध्ययन अरु क्षेत्रमा पनि गरिने उपप्राध्यापक गोसाइँले बताए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका