लोक सेवा आयोगका लिखित परीक्षाहरु माघ मसान्तसम्मका लागि स्थगित • Nepal's Trusted Digital Newspaperलोक सेवा आयोगका लिखित परीक्षाहरु माघ मसान्तसम्मका लागि स्थगित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • लोक सेवा आयोगका लिखित परीक्षाहरु माघ मसान्तसम्मका लागि स्थगित

लोक सेवा आयोगका लिखित परीक्षाहरु माघ मसान्तसम्मका लागि स्थगित

  • समाचारपाटी
  • शुक्रबार, माघ ७, २०७८
लोक सेवा आयोगका लिखित परीक्षाहरु माघ मसान्तसम्मका लागि स्थगित

लोक सेवा आयोगले लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको छ ।

आयोगको बिहीबार बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ गतेदेखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । देशभर कोरोना संक्रमण दर बढेपछि र लोक सेवा आयोगका कर्मचारीहरु पनि धमाधम संक्रमित हुन थालेपछि आयोगले सूचना प्रकाशित गरी परीक्षा स्थगित गरेको जानकारी गराएको हो ।

यही माघ ११ गतेदेखि उपसचिवको परीक्षा हुने भनिएको थियो। केही संगठित संस्थाका परीक्षाहरु पनि माघमै गर्ने कार्यक्रम थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका