देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्यतया बदली रही तराईका भू-भागमा आजकाे माैसममा आंशिक बदली रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।
देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली भई बागमती तथा प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षा र हिमपात भइरहेकाे विभागले जानकारी दिएकाे छ ।
आज राति पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्यतया बदली रही तराईका भू-भागमा सामान्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान माैसमविद्ले गरेका छन् । देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना माैसमविद्ले देखेका छन् ।
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको विभागले उल्लेख गरेकाे छ ।