काठमाडौंमा आजदेखि जोर विजोर प्रणाली लागू हुँदै • Nepal's Trusted Digital Newspaperकाठमाडौंमा आजदेखि जोर विजोर प्रणाली लागू हुँदै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • काठमाडौंमा आजदेखि जोर विजोर प्रणाली लागू हुँदै

काठमाडौंमा आजदेखि जोर विजोर प्रणाली लागू हुँदै

  • समाचारपाटी
  • शुक्रबार, माघ ७, २०७८
काठमाडौंमा आजदेखि जोर विजोर प्रणाली लागू हुँदै

कोरोना संक्रण तीव्र गतिमा फैलिएपछि काठमाडौं उपत्यकामा सवारी साधनमा जोर विजोर लागू हुने भएको छ । आज (शुक्रबार) राति १२ बजेदेखि काठमाडौं उपत्यकामा जोर विजोर प्रणाली लागू हुने भएको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

जोर गते जोर नम्बरका सवारी साधन र विजोर गते विजोर नम्बरका सवारी साधन चलाउन पाइनेछ । यो नियम सार्वजनिक तथा निजी दुवै किसिमका सवारी साधनमा लागू हुनेछ ।

यस्तै प्रमुख जिल्ला अधिकारीहरूको बैठकले खोप कार्डलाई अनिवार्य गर्ने निर्णय गरेको छ भने पार्टी प्यालेस डिर्पामेन्टल स्टोर र सपिङ मलमा एक पटकमा बढीमा २० जनामात्र जान पाइने नियम लागू गरेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका