रक्सी खाएर स्थानीयसँग झगडा गर्ने सेनाका मेजर बर्खास्त • Nepal's Trusted Digital Newspaperरक्सी खाएर स्थानीयसँग झगडा गर्ने सेनाका मेजर बर्खास्त • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • रक्सी खाएर स्थानीयसँग झगडा गर्ने सेनाका मेजर बर्खास्त

रक्सी खाएर स्थानीयसँग झगडा गर्ने सेनाका मेजर बर्खास्त

  • समाचारपाटी
  • बिहिबार, माघ ६, २०७८
रक्सी खाएर स्थानीयसँग झगडा गर्ने सेनाका मेजर बर्खास्त

कैलालीमा मादक पदार्थ सेवन गरेर स्थानीयसँग विवाद गरेका नेपाली सेनाका सेनानी (मेजर) अशोक शाही सैनिक सेवाबाट बर्खास्तीमा परेका छन् ।

सुदूरपश्चिम तालिम शिक्षालयमा कार्यरत उनलाई सैनिक आचरणविपरीत काम गरेको ठहर गर्दै सैनिक अदालतले सेवाबाट हटाउने फैसला गरेको हो । यसको पुष्टि सेनाका प्रवक्ता नारायण सिलवालले पनि गरेका छन् । उनकाअनुसार शाहीलाई सेवाबाट हटाइएको छ  ।

गत २१ कात्तिकमा शाहीले मादकपदार्थ सेवन गरी ब्यारेकबाट निस्किएर स्थानीय युवासँग झगडा गरेका थिए । कैलालीको चिसापानीस्थित होटल संगममा शाही र होटल सञ्चालक तथा त्यहाँ रक्सी खाइरहेका युवाबीच झगडा भएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका