खरामा आजबाट सुरु भएको आहा रारा गोल्डकपमा सशस्त्र प्रहरी बल (एपीएफ) ले क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ ।
आभाष लामिछाने र प्रदीप लामिछानेको गोलमा एपीएफले आज आयोजक सहारा क्लबलाई २–० ले हराएको हो । पोखरा रंगशालामा सम्पन्न खेलमा उद्घाटन खेलामा एपीएफका लागि १३औँ मिनेटमा आभाषले गरेको गोलबाट अग्रता प्राप्त भएको थियो ।
खेलको ६०औँ मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाएका थिए ।
अब माघ ८ गते एपीएफले क्वार्टरफाइनलमा अमेरिकाको टोली बिवाईएसी मिनेसोटाविरुद्ध खेल्नेछ । प्रतियोगितामा भोलि हिमालयन शेर्पा र नेपाल पुलिस क्बलले प्रतिस्पर्धा गर्नेछन् ।