त्रिभुवन विश्वविद्यालयले सबै संकायका परीक्षा स्थगित गरेको छ ।
कोरोना संक्रमण बढेको भन्दै त्रिविले ९ माघदेखि अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
ओमिक्रोन भेरियन्टको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवं प्राध्यापकसमेत संक्रमित भएकाले परीक्षा स्थगित गरिएको त्रिविले जनाएको छ ।
‘त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बिहीबारको बैठकबाट हाल वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरू २०७८ माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
हेर्नुस् सूचना :