जिल्ला प्रशासन कार्यालय भक्तपुरको अनुसार मास्क नलगाई हिँड्डुल गर्ने १ सय ५२ जनालाई कारबाही गरिएको छ ।
बुधबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखहरूले पूर्वी नाका साँगा, बजार क्षेत्र सूर्य विनायक चोक, राधे–राधे, दरबार स्क्वायर टौमणी लगायतका स्थानमा स्वास्थ्य मापदण्डको पालन भए नभएको अनुगमन गरेका थिए । बुधबार मात्र नेपाल प्रहरीले स्वास्थ्य मापदण्ड पुरा नगरी सञ्चालन गरिएका ठुला साना ५ सय गाडीलाई कारबाही गरेको प्रशासनले जानकारी दिएको छ ।