दराजले आफ्नो स्वरुप फेर्दै • Nepal's Trusted Digital Newspaperदराजले आफ्नो स्वरुप फेर्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • दराजले आफ्नो स्वरुप फेर्दै

दराजले आफ्नो स्वरुप फेर्दै

  • समाचारपाटी
  • मङ्लबार, माघ ४, २०७८
दराजले आफ्नो स्वरुप फेर्दै

 

दराज एक दक्षिण एसियाली अनलाइन खुद्रा बिक्रेता हो जुन २०१२ मा एक जर्मन कम्पनी, रकेट इन्टरनेटद्वारा बनाईएको थियो । दराज समूहले पाकिस्तान, बङ्गलादेश, नेपाल, श्रीलङ्का र म्यानमार लगायतका दक्षिण एसियाली देशहरूमा आफ्नो ई–वाणिज्यमा आधारित वेबसाइट सञ्चालन गर्दै आइरहेको छ । मे २०१८ मा, दराज समूहलाई चिनियाँ ई–वाणिज्य कम्पनी, अलिबाबाद्वारा अधिग्रहण गरिएको थियो र हाल सम्म पनि यो अलिबाबाकै स्वामित्वमा रहेको छ । यसको सेवा पुर्ण रूपमा नेपाल जुलाई २०१६ मा सुरुवात गरिएको थियो ।

२०१२ मा, दराजले आफ्नो सञ्चालनलाई पाकिस्तानमा अनलाइन फेसन खुद्रा बिक्रेताको रूपमा सुरू गरेको थियो । यसले आफ्नो रणनीति परिवर्तन गर्यो र नोभेम्बर २०१४ मा एक सामान्य अनलाइन बजारको रूपमा आफुलाई स्थापित गर्न पुग्यो । दराज समूह जनवरी २०१५ मा बङ्गलादेश र म्यानमारमा पनि अनलाइन खुद्रा बिक्रेताको रूपमा आफ्नो सेवा क्षेत्र बिस्तार गर्यो ।

सेप्टेम्बर २०१६ मा, पाकिस्तान, बङ्गलादेश र म्यानमारमा सञ्चालन जारी रहनका लागि दराज डट पिकेले कोषको पहिलो चरणमै ५५ लाख डलर सुरक्षित गर्यो । ६०% लगानी अघिल्लो दराजका लगानीकर्ता, एसिया प्यासिफिक इन्टरनेट ग्रुप (एपीएसीएजीआईजी)बाट आएको थियो भने संयुक्त अधिराज्यमा एक राज्यको स्वामित्वको विकास फाइनान्स संस्था (डीएफआई)बाट लगभग ३ .४ बिलियन प्रबन्धन अन्तर्गतको सीडीसी ग्रूपबाट ४०% लगानी भएको थियो ।

दराज समूह पहिले देखि नै पाकिस्तान, बङलादेश र म्यानमार जस्ता दक्षिण एसियाली क्षेत्रहरूमा आफ्नो सेवा सञ्चालन गरिरहेको थियो । जुलाई २०१६ मा दराजले श्रीलङ्का र नेपालमा पनि सेवा सुरु गरेको थियो ।

दराज समूहका पाँच क्षेत्रीय बजारहरू (पाकिस्तान, बङ्गलादेश, नेपाल, म्यानमार र श्रीलङ्का) ४६० मिलियन मानिसहरू सम्म यसको सेवा बिस्तारमा रहेकोे छ र यस क्षेत्रका ६०% जनसङ्ख्या ३५ वर्ष भन्दा कम उमेरका छन् । दक्षिण एसियामा सेवा गरेको दराज अलीबाबा समूहको स्वामित्व रहेकोे छ ।

मे २०१८ मा दराज समूहले चिनियाँ कम्पनी अलिबाबा समूहमा अज्ञात सम्झौता को लागि हस्ताक्षर गरेको थियो । यो कदम लाज्दा समूहमा अलिबाबाको अधिग्रहणको दुई वर्षपछि भएको थियो, जुन दक्षिण पूर्वी एसियाली बजारमा रकेट इन्टरनेट समूहद्वारा सुरुगरिएको थियो । अलिबाबा समूहले सिङ्गापुरमा रेडमार्ट चलाउँछ र भारतको पेटीएम र इन्डोनेसियाको टोकोपिडियामा आफ्नो शेयर हालेको छ ।

त्यसो त दराज अनलाइन नेपालको प्रख्यात अनलाइन हो । लकडाउनले सहरी उपभोक्ताको किनमेल ‘ट्रेन्ड’ नै परिवर्तन गरिदिएको थियो । अनलाइन सपिङमा रुचि नराख्नेहरु पनि विस्तारै यसतर्फ आकर्षित हुनथालेका छन् । अग्रणी अनलाइन सपिङ कम्पनी दराजले लकडाउन अवधिमा गरेको व्यवसायको विवरणले यही देखाउँछ ।

दराजबाट हुने डेलिभरीमा आउने गुनासोलाई उचित सम्बोधन गरेको गर्नुपर्ने आवश्यक छ । बेला–बेलामा त्यस्तो गुनासो आएको तर ग्राहकले कमी कमजोरीलाई बताइदिएर समस्या समाधान गर्न सहयोग पुग्न सक्ने सम्भावना रहन्छ । यस्ता गुनासोले सुध्रिन र कमजोरी समाधान गर्न मद्दत गर्छ । उनले भनिन्, दराजले कुनै पनि सामान डेलिभर गर्नुअघि एसएमएस, नोटिफिकेसन, इमेल र फोनबाट उपभोक्तालाई सूचित गर्छ । यदि ग्राहकहरु कुनै कारण अर्डर लिन नसक्ने अवस्था भएमा दराजका वितरणकर्मीहरूले अर्डरलाई अर्को दिन डेलिभर गर्ने गर्छ । तीन पटकसम्म पनि ग्राहकले सामान नलिएमा अर्डर रद्द हुन्छ । नेपालमा इ–कमर्स भर्खर फस्टाउँदै गरेकाले इ–कमर्सबारे गलत बुझाइ र पूर्वाग्रह हटाएर अनलाइन सपिङप्रति विश्वास बढाउनुपर्ने आवश्यक रहेको देखिन्छ ।

यसको लागि ग्राहक र विक्रेता दुवैलाई इ–कमर्स कसरी प्रयोग गर्न सकिन्छ भनेर सामाजिक सञ्जाल र दराज युनिभर्सिटीको माध्यमबाट जनचेतना बढाउँदै आइरहेका छ । सरकारले इ–कमर्सलाई एउटा बेग्लै उद्योगको रुपमा व्यवहार गर्नुपर्ने उनको सुझाव छ । उद्योगको रुपमा सम्बोधन गर्दै नीति बनाउन आवश्यक छ ।

सरकारले इ–कमर्सको लागि राष्ट्रिय रणनीति तयार परेको छ । यस क्षेत्रको विकासमा सहयोग गर्ने र नेपालमा इ–कमर्स व्यवसायको दर्ता र सञ्चालनलाई सुव्यवस्थित गर्न प्रावधानको आवश्यक रहेको देखिन्छ । मुलुकको इ–कमर्सलाई विकास गर्न यससम्बन्धी पूर्वाधार निर्माण गर्न आवश्यक छ । जस्तो कि बाटो, बिजुली, र इन्टरनेट पहुँचको पूर्वाधार बनाउन आवश्यक रहेको सोझो रुपमा देखिन्छ ।

हालसालै दराजले आफ्नो मार्केटिङ मेनेजर परिवर्तन गरेको छ । योसँगै दराजले आफ्नो लोगो पनि परिवर्तन गरेको छ भने अनलाइन सपिङमा विभिन्न अफरको पनि व्यवस्था गरेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका