सबै नागरिकलाई पूर्ण खोप दिइने : विज्ञसँग प्रधानमन्त्री – Samacharpati Samacharpatiसबै नागरिकलाई पूर्ण खोप दिइने : विज्ञसँग प्रधानमन्त्री – Samacharpati
  • होमपेज
  • सबै नागरिकलाई पूर्ण खोप दिइने : विज्ञसँग प्रधानमन्त्री

सबै नागरिकलाई पूर्ण खोप दिइने : विज्ञसँग प्रधानमन्त्री

सबै नागरिकलाई पूर्ण खोप दिइने : विज्ञसँग प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि सबै नागरिकलाई पूर्णमात्राको खोप लगाइने बताएका छन् ।

शनिबार बालुवाटारमा स्वास्थ्यविज्ञहरुको छलफलका क्रममा प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लािग खोप नै अन्तिम विकल्प देखिएको भन्दै सबै नागरिकलाई पूर्ण मात्राको खोप दिइने बताएका हुन् ।

 

त्यस्तै प्रधानमन्त्री देउवाले अब आवश्यकताअनुसार बुष्टर खोप अभियानलाई अघि बढाइने समेत बताए ।

प्रधानमन्त्री देउवाले विज्ञ चिकित्सकको सुझावका आधारमा कोरोना नियन्त्रण र रोकथाम अभियानलाई थप प्रभावकारी बनाइने उल्लेख गरे ।

 

कोरोनाको नयाँ नयाँ भेरियन्ट आएका कारण विश्व समूदायकै लागि चूनौती देखिएकाले यसलाई सामना गर्ने सबै उपायहरुलाई अबलम्वन गर्नुपर्ने उनको भनाई छ ।

प्रधानमन्त्री देउवाले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन धेरै सङ्क्रामक भएकाले आइसोलेशन र होल्डिङ सेन्टरका साथै कोरोना परीक्षणको दायरा बढाउन सरकारले काम गरिरहेको जानकारी दिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका