काठमाडौं उपत्यकामा थपिए २२१९ जना कोरोना संक्रमित – Samacharpati Samacharpatiकाठमाडौं उपत्यकामा थपिए २२१९ जना कोरोना संक्रमित – Samacharpati
  • होमपेज
  • काठमाडौं उपत्यकामा थपिए २२१९ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए २२१९ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए २२१९ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा २ हजार २ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १५९१, ललितपुरमा ४८६ र भक्तपुरमा १४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिइन् ।

यस्तै, काठमाडौं उपत्यका बाहिर चितवनमा २०५, सुनसरी ११६, मोरङमा १०४, मकवानपुर ८३ र कास्कीमा ७३ जनामा कोरोना पुष्टि भएको उनले बताइन् ।

उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ हजार ६ सय ३६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त हुँदा चार जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका