सहयोग बाेकेर नेपाली टोली काबुल जाँदै | Samacharpatiसहयोग बाेकेर नेपाली टोली काबुल जाँदै – Samacharpati
  • होमपेज
  • सहयोग बाेकेर नेपाली टोली काबुल जाँदै

सहयोग बाेकेर नेपाली टोली काबुल जाँदै

सहयोग बाेकेर नेपाली टोली काबुल जाँदै

तालिबानले सत्ता कब्जा गरेपछि चरम मानवीय संकट भोगिरहेको सार्क सदस्य मुलुक अफगानिस्तानका लागि सहयोग सामग्री लिएर नेपाली प्रतिनिधिमण्डल आइतबार काबुल जाने भएको छ । आइतबार बिहान हिमालय एयरलाइन्सको विमानमाफर्त सहयोग सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली काबुल जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली जनताका तर्फबाट अफगानी जनताका लागि सहयोग गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । औषधि, कपडासहितका सामाग्री लिएर काबुल जाने टोलीलाई परराष्ट्रमन्त्री डा. नारायण खड्काले आइतबार त्रिभुवन विमानस्थलबाट बिदाइ गर्नेछन् । मन्त्री डा.खड्काले सो विषयमा विमानस्थलमै पत्रकार सम्मेलनसमेत गर्नेछन् ।

गत अगस्टमा अमेरिकी सेना अफगानिस्तानबाट फर्किएपछि धार्मिक कट्टरपन्थी समूह तालिबानले त्यहाँकाे सत्ता कब्जामा लिएको छ । तालिबानको शासनलाई अन्तर्राष्ट्रिय समुदालयले  मान्यता नदिएको र अमेरिकाले अफगानिस्तानमाथि प्रतिबन्ध लगाएकाले त्यहाँको आर्थिक अवस्था नाजुक बनेको छ । आर्थिक संकट बढेसँगै अफगानिस्तानमा स्वास्थ्य संरचना ध्वस्त भएको समाचारहरू आइहरेका छन् । खाद्य संकटका कारण अभिभावकले आफ्ना बालबालिका बेचेका समाचारहरूसमेत आएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका