तनहुँ जीप दुर्घटनामा मृतकको सङ्ख्या ६ पुग्यो | Samacharpatiतनहुँ जीप दुर्घटनामा मृतकको सङ्ख्या ६ पुग्यो – Samacharpati
  • होमपेज
  • तनहुँ जीप दुर्घटनामा मृतकको सङ्ख्या ६ पुग्यो

तनहुँ जीप दुर्घटनामा मृतकको सङ्ख्या ६ पुग्यो

तनहुँ जीप दुर्घटनामा मृतकको सङ्ख्या ६ पुग्यो

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । ग १ ज ६५५५ नम्बरको जीप दुर्घटनामा परी चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बन्दीपुर–६ धरमपानी बस्ने नौ महिने बालिका आरुबी थापा, सोही ठाउँ बस्ने २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, ७६ वर्षीया विममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

दुर्घटनामा परी सोही ठाउँका २१ वर्षीया जमुना थापा (मृतक बालिकाको आमा), ४८ वर्षीया मम्कुली थापा, २२ वर्षीया कुमारी गुरुङ, १६ वर्षीया समिसा थापा र सात महिने बालिका विविशा थापा घाइते भएको प्रहरीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका