नारायणगढबाट काठमाडौं जाँदै गरेको स्कारपियो त्रिशूलीमा खस्यो | Samacharpatiनारायणगढबाट काठमाडौं जाँदै गरेको स्कारपियो त्रिशूलीमा खस्यो – Samacharpati
  • होमपेज
  • नारायणगढबाट काठमाडौं जाँदै गरेको स्कारपियो त्रिशूलीमा खस्यो

नारायणगढबाट काठमाडौं जाँदै गरेको स्कारपियो त्रिशूलीमा खस्यो

  • निरज
  • शुक्रबार, पुस ३०, २०७८
नारायणगढबाट काठमाडौं जाँदै गरेको स्कारपियो त्रिशूलीमा खस्यो

मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ तीन नम्बर पुलबाट स्करपियो त्रिशूलीमा खसेको छ ।

नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको बा १३ च ४३६५ नम्बरको स्करपियो अन्दाजी ६ बजे बजेतिर त्रिशूलीमा खसेको हो । उक्त दुर्घटनामा परी सात जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओप्रसाद अधिकारीका अनुसार सवारी चालकसहित घाइते सबैलाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदै छ ।

दुर्घटनाको कारण खुलेको छैन ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका