स्थानीय निर्वाचनबारे आज सर्वदलीय छलफल गर्दै निर्वाचन आयोग | Samacharpatiस्थानीय निर्वाचनबारे आज सर्वदलीय छलफल गर्दै निर्वाचन आयोग – Samacharpati
  • होमपेज
  • स्थानीय निर्वाचनबारे आज सर्वदलीय छलफल गर्दै निर्वाचन आयोग

स्थानीय निर्वाचनबारे आज सर्वदलीय छलफल गर्दै निर्वाचन आयोग

  • निरज
  • शुक्रबार, पुस ३०, २०७८
स्थानीय निर्वाचनबारे आज सर्वदलीय छलफल गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगकाे आव्हानमा सर्वदलीय बैठक आज बस्दै छ । आज बिहान साढे ११ बजेपछि बस्ने बैठकमा आसन्न निर्वाचन, त्यसकाे तयारीलगायतबारे छलफल हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

‘खासगरी स्थानीय तहको निर्वाचनबारे आजकाे छलफल केन्द्रित हुने छ । यसबाहेक राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिक पनि छलफलका एजेण्डा हुन्’, उनले भने ।

आयोगले संघीय संसद्, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्वमा गर्ने १७ दलका प्रतिनिधिलाई बैठकका लागि डाकेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका