देशभर चिसो बढ्ने, सतर्क रहन आग्रह • Nepal's Trusted Digital Newspaperदेशभर चिसो बढ्ने, सतर्क रहन आग्रह • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • देशभर चिसो बढ्ने, सतर्क रहन आग्रह

देशभर चिसो बढ्ने, सतर्क रहन आग्रह

  • समाचारपाटी
  • शुक्रबार, पुस ३०, २०७८
देशभर चिसो बढ्ने, सतर्क रहन आग्रह

चिसो बढ्ने क्रममा रहेकाले सतर्क हुन मौसमविद्ले आग्रह गरेका छन् । मौसम खुल्ने क्रममा रहेका कारण चिसो अझै बढ्ने क्रममा रहेकाले यसबाट बच्न थप सतर्कता अपनाउन मौसमविद् राजु प्रधानाङ् बताउँछन् ।

“काठमाडौंसहित देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसो बाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु पर्नेछ,” उनले भने ।

आज बिहान ६ बजे काठमाडौंको तापक्रम ४.८ डिग्री सेल्सियस रहेको छ । आज काठमाडौंमा बदली हुने राजु बताउँछन् ।

आज बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । पश्चिम तथा मध्य तराइका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो प्रदेश १ र प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली तथा देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका