नागरिकताको सिफारिसमै घुस | Samacharpatiनागरिकताको सिफारिसमै घुस – Samacharpati

नागरिकताको सिफारिसमै घुस

  • निरज
  • बिहिबार, पुस २९, २०७८
नागरिकताको सिफारिसमै घुस

स्याङ्जाको एक नगरपालिकाका वडाध्यक्ष र वडा सदस्यले नागरिकता बनाइदिन्छु भनेर १ लाख ३५ हजार घुस लिएको फेला परेको छ ।

स्याङ्जाको भिरकोट नगरपालिका– ९ का वडाअध्यक्ष भीमबहादुर गुरुङ र वडा सदस्य कुलबहादुर गुरुङले सेवाग्राहीसँग नागरिकता बनाइदिन्छु भनेर घुस लिएको पाइएको हो । वडा अध्यक्ष र सदस्यले घुस लिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

वडाध्यक्ष भीमबहादुरले आर्थिक प्रलोभनका आधारमा परी दोहोरो नागरिकता बनाउन झुठो विवरणका आधारमा बद्नियत तरिकाले गलत सिफारिस गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगले बिहीबार वडाध्यक्ष भीमबहादुरविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

नागरिकता पाउने नेपाली नागरिकको जन्मसिद्ध अधिकार हो । नागरिकताको सिफारिसका लागि स्थानीय निकायले केही सामान्य शुल्क तोकेको हुन्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका