बैंक खाता खोल्न हिँडेकी वृद्धाको बाटो मै मृत्यु  – Samacharpati Samacharpatiबैंक खाता खोल्न हिँडेकी वृद्धाको बाटो मै मृत्यु  – Samacharpati
  • होमपेज
  • बैंक खाता खोल्न हिँडेकी वृद्धाको बाटो मै मृत्यु 

बैंक खाता खोल्न हिँडेकी वृद्धाको बाटो मै मृत्यु 

  • निरज
  • बिहिबार, पुस २९, २०७८
बैंक खाता खोल्न हिँडेकी वृद्धाको बाटो मै मृत्यु 

 

बैंक खाता खोल्न हिँडेकी ६० बर्षीया वृद्धाको बीच बाटो मै मृत्यु भएको छ । कालीकोट जिल्लाको पलाँता गाउँपालिका–३ पनेराकी टिउकी बमको बैंक जाने क्रममा बाटोमै मृत्यु भएको हो ।

पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि उनी खाता खोल्न करिब १० किलोमिटर टाढाको थिर्पु जादै थिइन । सोही क्रममा वृद्धाको ज्यान गएको हो ।
१० किलोमिटर हिडेर खाता खोल्न जानु पर्ने भएपछि उनी बिहीबार बिहानै घरबाट हिडेकी थिइन् । वृद्धावस्था र शारीरिक रुपमा पनि अस्वस्थ हुँदाहुँदै उनी घरबाट निस्केको स्थानीयले बताएका छन् ।  उनी पलाँताको थिर्पुमा रहेको नबिल बैंकमा खाता खोल्न आउँदै थिइन ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका