काठमाडौंमा दुईसहित विभिन्न स्थानमा आठ जना मृत फेला – Samacharpati Samacharpatiकाठमाडौंमा दुईसहित विभिन्न स्थानमा आठ जना मृत फेला – Samacharpati
  • होमपेज
  • काठमाडौंमा दुईसहित विभिन्न स्थानमा आठ जना मृत फेला

काठमाडौंमा दुईसहित विभिन्न स्थानमा आठ जना मृत फेला

  • निरज
  • बिहिबार, पुस २९, २०७८
काठमाडौंमा दुईसहित विभिन्न स्थानमा आठ जना मृत फेला

काठमाडौंमा दुई जनासहित विभिन्न जिल्लामा आज आठ जना मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौंसहित संखुवासभा, नवलपरासी (पश्चिम), ताप्लेजुङ, तेह्रथुम, सिरहा, नवलपरासी (पूर्व) मा गरी आठ जना व्यक्ति मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका– २६ मित्रनगरस्थित गेष्ट हाउसमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– ९ बस्ने ५० वर्षीय हर्कबहादुर गिरी बुधबार मृत भेटिएका छन् । गिरी सोमबारदेखि गेष्ट हाउसमा बस्दै आएकामा आफू बसेकै कोठाभित्र मृत फेला परेका थिए । त्यस्तै काठमाडौं महानगरपालिका– ३२ कोटेश्वरमा पार्किङ गरी राखेको पुरानो माइक्रोबसभित्र २२ वर्षीय एक पुरुष पनि मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।

संखुवासभाको खाँदबारी नगरपालिका– १ डडारे बस्ने ४० वर्षीय महेश राई मृत भेटिएका छन् । बिरामी भई डडारेस्थित जगत राईको घरमा सुतेका उनको शव वरण्डामा फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनाको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको छ ।

त्यस्तै नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका–५ बस्ने २८ वर्षीय दिनेश थारु घरनजिकैको खेतमा र नवलपरासी (पूर्व), मध्यबिन्दुस्थित नारायणी नदीको भङ्गालोमा एक पुरुष मृत भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

 

यस्तै ताप्लेजुङ, सिरिजङ्घा गाउँपालिका–५ पेदाङ बस्ने ६७ वर्षीय टीकाराम राई आफ्नै घरनजिकै मृत भेटिएका प्रहरीले जनाएको छ । उनी मिलमा गएकामा बेलुकासम्म नफर्कीएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।

तेह्रथुमको फेदाप गाउँपालिका–१ भोगटेनी बस्ने ५५ वर्षीय लाइनबहादुर लिम्बु सोही ठाउँस्थित कालिदह भिरमुनि मृत भेटिएका हुन् । मंगलबार मिस्त्री काम गर्न गएकामा घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

त्यस्तै सिरहाको मिर्चैया नगरपालिका–७ भालुखोलाको किनारमा परिचय खुल्न नसकेका करिब ४० वर्षीया महिला मृत अवस्थामा फेला परेको जनाइएको छ । सबै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका