अन्तरघातलाई प्रश्रय दिनु हुँदैन : रामचन्द्र पौडेल • Nepal's Trusted Digital Newspaperअन्तरघातलाई प्रश्रय दिनु हुँदैन : रामचन्द्र पौडेल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अन्तरघातलाई प्रश्रय दिनु हुँदैन : रामचन्द्र पौडेल

अन्तरघातलाई प्रश्रय दिनु हुँदैन : रामचन्द्र पौडेल

  • समाचारपाटी
  • बुधबार, पुस २८, २०७८
अन्तरघातलाई प्रश्रय दिनु हुँदैन : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा अन्तरघातलाई प्रश्रय दिन नहुने बताएका छन् । कांग्रेस तनहुँ क्षेत्र नं १ ले बुधबार डुम्रेमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन पौडेलले पार्टीको १४औँ महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व आइसकेकाले अब एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

‘पार्टीको अधिवेशन सकिएको छ, हिजो जे जसरी चुनाव लडे पनि त्यो आन्तरिक चुनाव थियो, चुनावलाई लिएर अन्तरघातलाई प्रश्रय दिनुहुँदैन,’ पौडेलले भने, ‘कांग्रेस एकढिक्का भएर आगामी आम निर्वाचनमा जानुपर्छ ।’

विगतका तीतामीठा अनुभवलाई बिर्सिएर प्रतिपक्षसँग एकजुट भएर लड्नुको विकल्प नभएको पौडेलको भनाइ छ ।

आफूले पदका लागि कहिल्यै आन्दोलन नगरेको उल्लेख गर्दै पौडेलले भने, ‘केपी ओलीविरुद्धको आन्दोलनको नेतृत्व गर्दै गर्दा मलाई प्रचण्डले राष्ट्रपति दिने भयो भनेर पनि अफवाह फैलाए, म पदका लागि आन्दोलन गर्ने मान्छे होइन ।’

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका