अत्यावश्यक नपरेसम्म विदेश यात्रा नगरौं – Samacharpati Samacharpatiअत्यावश्यक नपरेसम्म विदेश यात्रा नगरौं – Samacharpati
  • होमपेज
  • अत्यावश्यक नपरेसम्म विदेश यात्रा नगरौं

अत्यावश्यक नपरेसम्म विदेश यात्रा नगरौं

अत्यावश्यक नपरेसम्म विदेश यात्रा नगरौं

अध्यागमन विभागले अति आवश्यक अवस्थामा बाहेक कोरोना भाइरसको संक्रमणको जोखिम भएका मुलुकमा भ्रमण नगर्न सचेत गराएको छ ।

बुधबार ट्राभल एडभाइजरी जारी गर्दै विभागले भनेको छ, ‘नयाँ भेरियन्टको संक्रमणको जोखिम भएको मुलुकहरुमा नेपालबाट यात्रा गर्न योजना बनाएका व्यक्तिहरुले अति आवश्यक अवस्था बाहेक यात्रा नगर्न अनुरोध गरिन्छ ।’ गत सोमबारको गृहमन्त्रिस्तरीय निर्णय अनुसार विभागले बुधबार ट्राभल एडभाइजरी जारी गरेको हो ।

 

नेपाल सरकारले ओमिक्रोनको संक्रमण शुरुमै देखिएका दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिबिया, लेसोथो, इन्वाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट सिधै नेपाल आउन वा ती मुलुकलाई ट्रान्जिट बनाएर नेपाल आउन १६ मंसिरबाटै रोक लगाएको छ । यो रोकलाई निरन्तरता दिइएको छ । साथै तीन साता भित्र ती मुलुकको भ्रमण गरेका यात्रुले समेत नेपाल आउन पाउँदैनन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका