उत्तर कोरियाद्वारा एक सातामै दोस्रो हाइपरसोनिक मिसाइल परीक्षण, किम पनि उपस्थित • Nepal's Trusted Digital Newspaperउत्तर कोरियाद्वारा एक सातामै दोस्रो हाइपरसोनिक मिसाइल परीक्षण, किम पनि उपस्थित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • उत्तर कोरियाद्वारा एक सातामै दोस्रो हाइपरसोनिक मिसाइल परीक्षण, किम पनि उपस्थित

उत्तर कोरियाद्वारा एक सातामै दोस्रो हाइपरसोनिक मिसाइल परीक्षण, किम पनि उपस्थित

  • समाचारपाटी
  • बुधबार, पुस २८, २०७८
उत्तर कोरियाद्वारा एक सातामै दोस्रो हाइपरसोनिक मिसाइल परीक्षण, किम पनि उपस्थित

उत्तर कोरियाले एक सातामै दुईवटा क्षेप्यास्त्र परीक्षण गरेको छ । जनवरी ५ मा यस वर्षको पहिलो हाइपरसोनिक मिसाइल परीक्षण गरेको उत्तर कोरियाले मंगलबार नेता किम जोङ उनको उपस्थितिमा अर्को हाइपरसोनिक मिसाइल परीक्षण गरेको हो ।

उत्तर कोरियाको सरकारी सामाचार संस्था केसीएनएले मंगलबार प्रहार गरिएको क्षेप्यास्त्र एक हजार किलोमिटर परको निसानामै पुगेको जनाएको छ । जानकारीमा आएको उत्तर कोरियाको यो तेस्रो हाइपरसोनिक मिसाइल परीक्षण हो ।

किमले नयाँ वर्षको मन्तव्यमा प्योङयाङको प्रतिरक्षालाई बढाउने वाचा गरेका थिए । त्यसपछि एक साताभित्रै दुईवटा हाइपरसोनिक मिसाइल परीक्षण भएका छन् ।

मंगलबार गरिएको प्रक्षेपण दक्षिण कोरिया र जापान दुवैले पहिचान गरेका थिए । उनीहरूले उत्तर कोरियाबाट समुद्रतर्फ क्षेप्यास्त्र प्रहार गरेको बताएका थिए । पछि केसीएनए समाचार संस्थाले यो उच्च गतिशीलता भएको हाइपरसोनिक मिसाइल भएको जनाएको थियो ।

उत्तर कोरियाले यसअघि जनवरी ५ मा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको जनाएको थियो । उत्तर कोरियाको उक्त कदमको अमेरिका, बेलायत, फ्रान्सलगायत देशले निन्दा गर्दै अस्थिर कार्यहरू रोक्न आग्रह गरेका थिए ।

हाइपरसोनिक अस्त्रहरू प्रायः ब्यालिस्टिक मिसाइलभन्दा कम उचाइ हुँदै निसानातर्फ जान्छन् । तर, त्यसको गति भने ध्वनिको गतिभन्दा पाँच गुणा बढी अर्थात् ६ हजार २०० किलोमिटर प्रतिघण्टा हुन्छ ।

हाइपरसोनिक मिसाइल विकास गर्न सक्ने थोरै देशमा उत्तर कोरिया पर्छ । अमेरिका र चीनले पनि यो क्षेप्यास्त्र विकास गरेका छन् ।

केसीएनए समाचार संस्थाले सेयर गरेका तस्बिरहरूमा अरू पदाधिकारीसँगै नेता किमले पनि परीक्षणको अवलोकन गरेको देखिन्छ । खबरहरूका अनुसार सन् २०२० को मार्च महिनायता उनले क्षेप्यास्त्र प्रक्षेपण हुँदा उपस्थिति जनाएको पहिलोपटक हो ।

 

बीबीसी ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका