एक युवाले मागी विवाहबाट बचाउन आग्रह गरे | Samacharpatiएक युवाले मागी विवाहबाट बचाउन आग्रह गरे – Samacharpati
  • होमपेज
  • एक युवाले मागी विवाहबाट बचाउन आग्रह गरे

एक युवाले मागी विवाहबाट बचाउन आग्रह गरे

  • निरज
  • मङ्लबार, पुस २७, २०७८
एक युवाले मागी विवाहबाट बचाउन आग्रह गरे

 

यूकेमा एक अविवाहित युवकले ठट्यौलो पाराका सन्देशसहित आफू दुलहीको खोजीमा रहेको भन्दै ठूलाठूला बिलबोर्डमा विज्ञापन गरेका छन् । उनन्तीस वर्षीय मोहम्मद मलिकले युवतीहरूलाई आफू विवाह गर्ने विचारमा रहेको सन्देश दिन लन्डन र बर्मिङ्गममा त्यस्तो विज्ञापन गरेका हुन् । सडकछेउछाउ राखिएका विज्ञापन गर्ने ठूला बोर्डमा उनको हँसिलो तस्बिरसहित “मलाई मागी बिहेबाट जोगाऊ” लेखिएको छ । आफू परम्परागत मागी विवाहको विपक्षमा नरहे पनि पहिले “आफैँले खोजेर कसैलाई फेला पार्ने“ प्रयास गरेको उनले बताए । लन्डनमा बस्ने मलिक ब्याङ्कमा परामर्शदाताका रूपमा काम गर्छन् । उनले अहिलेसम्म श्रीमती खोज्ने आफ्नो प्रयास उपलब्धिविहीन रहेको बताएका छन् । अब एउटा विशेष वेबसाइट ाष्लमmबष्पिबधषभ.अयm बाट दुलही खोज्ने अभियान जारी राख्ने उनको योजना छ ।

शनिवार बिलबोर्डमा विज्ञापन गरेपछि चासो देखाउँदै सयौँ सन्देश आएको उनले बताए । “मैले अझै हेर्ने समय पाएको छैन,“ उनले भने, “यसका लागि मैले केही समय नै छुट्टाउनुपर्ने भएको छ । तर यो पाटोबारे मैले यसअघि कहिल्यै सोचेको थिइनँ ।” मलिकले बिलबोर्डमा विज्ञापन गर्नुअघि महिलाहरू भेट्न अरू तरिका प्रयोग गरेको बताए । “म पाकिस्तानी मूलको हुँ,” उनले भने “हामीलाई भन्ने गरिन्छ कि काकी(लमी)हरूको यसमा क्षमता हुन्छ तर त्यो विधिले पनि काम गरेन ।” त्यसपछि उनले जोडी खोज्न प्रयोग गरिने डेटिङ एप र केही डेटिङ कार्यक्रमको पनि सहारा लिए । तर ती दुवै आफूलाई अत्यासलाग्दा लागेको उनी बताउँछन्।

अन्त्यमा उनका एक साथीले उनलाई आफ्नो विज्ञापन गर्न सुझाव दिए । मलिक भन्छन्, “मैले सोचेँः किन नगर्ने ? त्यसमा खराबी नै के छ र ?” उनले राखेका बिलबोर्ड जनअरी १४ सम्म रहनेछन् । बिलबोर्डमा विज्ञापन गर्ने कुरामा “सुरुदेखि नै परिवारको समर्थन“ भए पनि आमालाई बुझाउन केही मेहनत गर्नुपरेको उनी बताउँछन् । मलिकले आफूलाई इस्लाम धर्ममा आस्था भएकी र परिवारसँग हाँसोठट्टामा पनि मिल्न सक्ने हुनुपर्ने बताएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका