पृथ्वीनारायणलाई सम्झिँदै भीम रावलले काेरे कविता | Samacharpatiपृथ्वीनारायणलाई सम्झिँदै भीम रावलले काेरे कविता – Samacharpati
  • होमपेज
  • पृथ्वीनारायणलाई सम्झिँदै भीम रावलले काेरे कविता

पृथ्वीनारायणलाई सम्झिँदै भीम रावलले काेरे कविता

  • निरज
  • मङ्लबार, पुस २७, २०७८
पृथ्वीनारायणलाई सम्झिँदै भीम रावलले काेरे कविता

प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ ।

यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले शुभकामना सन्देश दिएका छन् । सरकारले आजका दिन सार्वजनिक बिदा नदिए पनि सामाजिक सञ्जाल पृथ्वी जयन्तीका सन्देशले रंगिएका छन् ।

यस्तैमा एमाले नेता भीम रावलले पनि पृथ्वीनारायण शाहको सम्झनामा कविता कोरेका छन् । नेपाल एकीकरणका महान् नायक पृथ्वीनारायण शाहको ३००अ‍ौं जन्मजयन्तीका अवसरमा हार्दिक श्रद्धाञ्जली भन्दै सामाजिक सञ्जालमा रावलले पोष्ट गरेको कविताको हरफ यस्तो छ ।

पृथ्वीतलमा पृथ्वी तिमीले नेपाल जुटायौ
एसियामाझ स्वाधीन देशको अस्तित्व जोगायौ,
युगयुग सम्म सन्तती यहाँ सम्झना गर्नेछन्
सम्मानमा तिम्रो पुलकित हुँदै हृदय भर्नेछन् 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका