डा. आर. सी. लामीछानेको “हामी सबैले सक्छौ” वोलको गीत सार्वजानिक • Nepal's Trusted Digital Newspaperडा. आर. सी. लामीछानेको “हामी सबैले सक्छौ” वोलको गीत सार्वजानिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • डा. आर. सी. लामीछानेको “हामी सबैले सक्छौ” वोलको गीत सार्वजानिक

डा. आर. सी. लामीछानेको “हामी सबैले सक्छौ” वोलको गीत सार्वजानिक

  • समाचारपाटी
  • सोमवार, पुस २६, २०७८
डा. आर. सी. लामीछानेको “हामी सबैले सक्छौ” वोलको गीत सार्वजानिक

पोखरा । प्रशंसनीय खोज दृष्टिकोण तथा सकारात्मक सोचका अभियान्त तथा ग्रामिण विकास विज्ञ डा. राम चन्द्र लामिछानेको हामी सबैले सक्दछौ बोलको गित सार्वजानीक भएको छ । डा लामिछाने the Erips नामक युटुव च्यानल मार्फत सार्वजानीक गर्नुभएको हो ।

बिगत १७ वर्ष देखी समाजको सकारात्मक रुपान्तरणको लागि योगदान दिदै आउनु भएका डा. लामिछानेले वालकदेखी वृद्ध सम्मलाई सकारात्मक सोचको विकास गरेर सफल जीवन निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिने गीत तयार गर्नु भएको छ । व्यक्तिमा अन्तरनिहीत क्षमतालाई सकारात्मक सोचको माध्यमबाट प्रष्फुटन गराउन सके चाहे जस्तो जीवन निर्माण गर्न सकिन्छ भन्ने सन्देश गीतले वोकेको छ । प्रवचन, तालिम, गोष्ठि मार्फत सकारात्मक उत्प्रेरणा जगाउदै हिड्ने डा. लामिछानेले संगित मार्फत पनि सकारात्मक उत्प्रेरणा जगाउन सकिन्छ भन्ने विश्वास लागेर गित रचेको बताउनुभयो ।

पोखरा महानगर सहरी योजना आयोगका उपाध्यक्ष समेत रहनु भएका डा. लामिछानेको गीतमा संगित नरहरी प्रेमीको रहेको छ भने स्वर नरहरी प्रेमी र काब्य आचार्यको रहेको छ । यस गीतलाइ लक्षु प्रकास मल्लले संगित संयोजन गर्नुभएको छ । गीतले सबैलाइ सफल वन्न स्वयम् जिम्मेवार हुन पर्दछ भन्ने सन्देश पनि दिएको लामिछानेले बताउनुभयो । उत्प्रेरणामुलक कार्यक्रमहरु सञ्चालन गदै गर्दा सहभागीहरुवाट प्राप्त प्रेरणा तथा हौसला, उत्प्रेरणा र स्व. आमाको यादले गीत लेख्न अभिप्रेरित गरेको बताउनुभयो ।

सबै व्यक्तिमा अथाहा क्षमताको भण्डार छ र सकारात्मक सोचले त्यो भण्डारलाई प्रष्फुटन गराएर सफल जीवन वनाउन सकिन्छ भन्ने सन्देश उक्त गितमा रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका