रोल्पामा सुनिए समयका १७ कविताहरू  | Samacharpatiरोल्पामा सुनिए समयका १७ कविताहरू  – Samacharpati
  • होमपेज
  • रोल्पामा सुनिए समयका १७ कविताहरू 

रोल्पामा सुनिए समयका १७ कविताहरू 

रोल्पामा सुनिए समयका १७ कविताहरू 

 

सुनिल स्मृति साहित्य महोत्सवको दोस्रो दिन ’समयका कविता शीर्षक’मा १७ कविहरूले कविता वाचन गरेका छन् । प्युठानका घनश्याम अस्तित्वबाट सुरु भएको कविता वाचन रोल्पाका दिलीप कुँवरमा आएर टुङ्गिएको हो । पाल्पाका कवि जनक कार्कीले बिजुलीको खम्बा शीर्षकमा कविता वाचन गरे भने रामेछापका कवि विक्रम पवन परियारले आवाज शीर्षकमा कविता वाचन गरे ।

राजु झल्लु प्रसाद (बिम्ब परिवर्तन गर कवि हो), अर्पण उत्कर्ष (लालसलाम र ताम्सालिङ), प्रेम प्रकाश मायालु (आगो लिन गएकाहरू), सविना भुषाल (मेरी मरियाना,  छोरा जन्माउन कहाँ सजिलो छ र?), युग सर्वनाम (खोलाको गति), समृद्धि नेपाल (हाम्रो देश बोल्छ), सुशीला सुवेदी(आमा, अझै पनि याद छ मलाई), विपना मगर (कठै मेरो देशको राजनीति), एलबी साथी(सिटामोल), उत्तम लिम्बु  (कन्डम फुटेपछी), मुकुन्द्र खलपात्र (अर्धनग्न सगरमाथा) शीर्षकका कविता वाचन गरेका थिए ।

महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको यश सेसनमा कविहरूले क्रान्तिको इपिसेन्टर रोल्पाले १० वर्षे जनयुद्धको मर्मलाइ बिर्सनु नहुने उद्घोष गरे । अग्रज कविद्वय श्रवण मुकारुङ र श्यामलले युवा कविहरूमा आशालाग्दो तरिकाले कविता लेखिरहेको बताए । समालोचक एवम् पत्रकार राजकुमार बानियाँले युवा कविहरूमा समसामयिक एवम वैश्विक राजनीति चेत देखिएको आफू खुसी भएको बताए ।

कविता वाचनको सेसनमा स्थानीय रोल्पालीहरूको पनि बाक्लो उपस्तिथि रहेको थियो भने स्थानीय जनप्रतिनिधिहरू पनि उपस्थित भएका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका