वीरगञ्जबाट सुर्खेत जाँदै गरेकाे बस दाङमा दुर्घटना, नाै जना घाइते | Samacharpatiवीरगञ्जबाट सुर्खेत जाँदै गरेकाे बस दाङमा दुर्घटना, नाै जना घाइते – Samacharpati
  • होमपेज
  • वीरगञ्जबाट सुर्खेत जाँदै गरेकाे बस दाङमा दुर्घटना, नाै जना घाइते

वीरगञ्जबाट सुर्खेत जाँदै गरेकाे बस दाङमा दुर्घटना, नाै जना घाइते

वीरगञ्जबाट सुर्खेत जाँदै गरेकाे बस दाङमा दुर्घटना, नाै जना घाइते

दाङमा बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस सोमबार बिहान ३ः३५ बजे राप्ती गाउँपालिका–५ दोलहीदोला नजिक दुर्घटना भएको हो ।

बस दुर्घटना हुँदा त्यसमा सवार २० मध्ये ९ यात्रु घाइते भएका इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

घाइतेहरूलाई लमहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

तीव्र गतिका कारण अनियन्त्रित भएर बस दुर्घटनामा परेको प्रहरीले अनुमान गरेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका