एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल | Samacharpatiएमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल – Samacharpati
  • होमपेज
  • एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल

एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल

एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल

नेकपा एमालेको अर्घाखाँची जिल्ला कमिटीको अध्यक्षमा पिताम्बर भुसाल सर्वसम्मत चयन भएका छन् ।

शुक्रबारदेखि सुरु भएको अधिवेशनमा लुम्बिनी प्रदेश कमिटी सदस्य रहेका भुसालको मात्रै उम्मेदवारी परेको एमाले अर्घाखाँचीले जनाएको छ ।

उपाध्यक्षमा ईश्वरा पोख्रेल, सचिवमा विधान रायमाझी, उपसचिवमा शम्भु पोख्रेल र भीम केसी सर्वसम्मत निर्वाचित भएका छन् । यी पदमा पनि दोहोरो उम्मेदवारी आएको थिएन । यद्यपि निर्वाचन समितिले भने अझै सार्वजनिक गरेको छैन ।

यसअघि अध्यक्ष पदमा आकांक्षा देखाएका जीवनारायण कोइरालाले भुसाललाई नै समर्थन गरेर उम्मेदवारी नदिने सहमति जनाएपछि भुसाललाई अध्यक्ष हुन सहज बाटो बनेको थियो ।

आदर्श मावि खनदहबाट २०४२ सालमा अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गरेका भुसाल २०५४ सालमा साविक बाँगी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका