बाघ आतंक : ३ महिनामा ४ जानको ज्यान गयो • Nepal's Trusted Digital Newspaperबाघ आतंक : ३ महिनामा ४ जानको ज्यान गयो • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बाघ आतंक : ३ महिनामा ४ जानको ज्यान गयो

बाघ आतंक : ३ महिनामा ४ जानको ज्यान गयो

  • शनिबार, पुस २४, २०७८
बाघ आतंक : ३ महिनामा ४ जानको ज्यान गयो

बाँकेमा बाघको आतंक बढ्दै जान थालेको छ । तीन महिनाको अवधिमा बाँकेको राप्तीसोनारी र नरैनापुरमा बाघको आक्रमणमा परी चार जनाको मृत्यु भइसकेको छ ।

बाघको आक्रमणका घटना दोहोरिन थालेपछि राप्तीसोनारीमा त्रास बढेको छ । स्थानीयहरू त्रसित बनेका छन् ।

आज एक महिलाको बाघकै आक्रमणबाट मृत्यु भएको छ । जिल्लाको राप्तीसोनारी- ६ हब्रहवाकी ३० वर्षीया चाँदनी थारुको दाउरा काट्न जंगल गएको समयमा बाघले आक्रमण गरेपछि उनको मृत्यु भएको हो ।

बाघको आक्रमणबाट बिहीबार मात्र राप्तीसोनारी- ४ प्रसहवाकी ५२ वर्षीया लिला विष्टको मृत्यु भएको थियो ।

केही दिनअघि पनि राप्तीसोनारी- ५ र ६ को जंगलमा एक जना शिक्षकलाई बाघले झम्टिएको थियो । मोटरसाइकलमा सवार उनी बाँच्न सफल भएका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका