निकोलस टेस्लाको ब्राण्ड एम्बास्डर • Nepal's Trusted Digital Newspaperनिकोलस टेस्लाको ब्राण्ड एम्बास्डर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • निकोलस टेस्लाको ब्राण्ड एम्बास्डर

निकोलस टेस्लाको ब्राण्ड एम्बास्डर

  • शनिबार, पुस २४, २०७८
निकोलस टेस्लाको ब्राण्ड एम्बास्डर

पाँच वर्षीय निकोलस आचार्य टेस्ला एयर कन्डिस्नरको ब्राण्ड एम्बास्डर नियुक्त भएका छन्। टेस्ला एयर कन्डिस्नरका प्रमुख कार्यकारी अधिकृत किरण आचार्यका अनुसार ५ वर्षीय निकोलसलाई टेस्लाको ब्राण्ड एम्बास्डरमा नियुक्त गरिएको जानकारी दिएका हुन्।

प्रमुख कार्यकारी अधिकृत आचार्यले भने, ‘निकोलसले पनि उत्साही बनेर ब्राण्ड प्रवर्द्धनमा सहयोग गर्न सुरु गरिसकेका छन्।’ नेपालमा विगत ७ वर्षदेखि टेस्ला ब्राण्डका एयर कन्डिस्नर उत्पादन तथा बिक्री हुँदै आएको छ।

भूलक्ष्मी ग्रुपमार्फत उत्पादित टेस्ला ब्राण्ड जाडो र गर्मी दुवै मौसमका लागि वातावरणमैत्री रहेको आचार्यले जानकारी दिए। ‘न्यानो प्रदान गर्ने टेस्ला वातावरणमैत्री पनि छ’, आचार्यले भने, ‘टेस्लामा प्रयोग भएको प्रविधि उत्कृष्ट छ।’

उनका अनुसार नेपाली ब्राण्ड टेस्लाप्रति ग्राहकको आकर्षण बढेको छ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका