कोभिड संक्रमण बढेसँगै सर्न थाले फिल्म प्रदर्शन मिति – Samacharpati Samacharpatiकोभिड संक्रमण बढेसँगै सर्न थाले फिल्म प्रदर्शन मिति – Samacharpati
  • होमपेज
  • कोभिड संक्रमण बढेसँगै सर्न थाले फिल्म प्रदर्शन मिति

कोभिड संक्रमण बढेसँगै सर्न थाले फिल्म प्रदर्शन मिति

  • निरज
  • बिहिबार, पुस २२, २०७८
कोभिड संक्रमण बढेसँगै सर्न थाले फिल्म प्रदर्शन मिति

भारतमा कोरोना संक्रमण बढेसँगै लकडाउन सुरु भएको छ । यसको प्रत्यक्ष मार फिल्म क्षेत्रलाई परेको छ ।

दिल्ली सरकारले हलहरू बन्द गर्ने निर्णय गरेसँगै सिनेमाका रिलिज मिति सरेका छन्  । जनवरी ७ मा रिलिज हुने भनिएको बलिउड फिल्म ‘आरआर’ अनिश्चितकालका लागि स्थगित भयो ।

निर्माण टिमका अनुसार, फिल्म प्रदर्शन रोकिएपछि प्रचार प्रसारमा खर्च भएको करिब १८ करोड क्षति भएको छ । निर्देशक एसएस राजमौलीले निर्देशन गरेको फिल्म ‘आरआर’मा नियर एनटीआर, रामचरण, अजय देवगन र आलिया भट्ट मुख्य भूमिकामा छन् ।

डिसेम्बर ३१ बाट रिलिज गर्ने भनिएको बलिउड चलचित्र ‘जर्सी’को रिलिज मिति अनिश्चितकालका लागि सर्‍यो । बलिउड अभिनेता शाहिद कपुर अभिनित उक्त चलचित्र सर्नुको कारण पनि कोभिड संक्रमण बढ्दै जानु नै थियो । जनवरी २१ मा रिलिज हुने भनिएको चलचित्र ‘पृथ्वीराज’ पनि सरेको छ । बलिउड अभिनेता अक्षय कुमार र मानुषी छिल्लर अभिनित चलचित्रलाई चन्द्रप्रकश द्विवेदीले निर्देशन गरेका छन् । कोभिडकै कारण अर्को मार चलचित्र ‘राधेश्याम’मा परेको छ ।

साउथका सुपरस्टार प्रभास र अभिनेत्री पूजा हेग्डेको मुख्य भूमिका रहेको उक्त चलचित्र जनवरी १४ मा रिलिज हुने बताइएको थियो । तर, कोभिड संक्रमण बढेसँग चलचित्रको रिलिज मिति सारिएको हो ।  साउथ स्टार अजित कुमार अभिनित चलचित्र ‘वालिमाई’ पनि जनवरी १३ मा प्रदर्शन नहुने भएको छ ।

बलिउडसँगै नेपाली चलचित्र पनि रोकिने क्रममा छन् । फागुन  १३ मा प्रदर्शन हुने भनिएको ‘प्रेमगीत ३’ को रिलिज मिति पुनः सरेको छ । निर्देशक तथा निर्माताले फिल्मको रिलिज मिति सारिएको जानकारी दिए ।

फिल्ममा प्रदीप खड्का, क्रिष्टपन गुरुङ, मनिष राउत, अनुभव रेग्मीलगायतको मुख्य भूमिका छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका