ओलीलाई ‘एमसीसीको दलाल’ भन्दै साध्यवहादुर नेकपा एससँग | Samacharpatiओलीलाई ‘एमसीसीको दलाल’ भन्दै साध्यवहादुर नेकपा एससँग – Samacharpati
  • होमपेज
  • ओलीलाई ‘एमसीसीको दलाल’ भन्दै साध्यवहादुर नेकपा एससँग

ओलीलाई ‘एमसीसीको दलाल’ भन्दै साध्यवहादुर नेकपा एससँग

  • निरज
  • बिहिबार, पुस २२, २०७८
ओलीलाई ‘एमसीसीको दलाल’ भन्दै साध्यवहादुर नेकपा एससँग

राष्ट्रवादी धारका पुराना कम्युनिष्ट नेता साध्यबहादुर भण्डारी नेकपा (एकीकृत समाजवादी) मा जाने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘अमेरिकी साम्रान्यवादको दलाल’ ठहर गर्दै उनले नेकपा एस रोजेका हुन् । जनमोर्चा पृष्ठभूमिका भण्डारी पछिल्लोपटक एमालेमा थिए । तर, एमसीसीको विरुद्धमा एमालेले स्पष्ट अडान नलिएकोमा उनी सन्तुष्ट भएनन् ।

एमालेमा विभाजन आएसँगै अध्यक्ष ओलीलाई ‘एमसीसीको दलाल’ भन्दै उनी पार्टीबाट बाहिरिए । तर, नेकपा एसमा पनि नगई तटस्थ बसेका उनी अहिले माधव नेपालले एमसीसी जस्ताको तस्तै पारित हुनु नहुने अडान लिएको भन्दै भण्डारीले नेकपा एस रोजेको उनीनिकट स्रोतले जनाएको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका