दीपिका र रणवीरले लुकाएर राखेको त्यो कुरा – Samacharpati Samacharpatiदीपिका र रणवीरले लुकाएर राखेको त्यो कुरा – Samacharpati
  • होमपेज
  • दीपिका र रणवीरले लुकाएर राखेको त्यो कुरा

दीपिका र रणवीरले लुकाएर राखेको त्यो कुरा

दीपिका र रणवीरले लुकाएर राखेको त्यो कुरा

बलिउड रियल जोडी दीपिका पादुकोण र रणवीर सिंहको जोडीलाई उदाहरणको रूपमा लिइन्छ । उनीहरूबीच सन् २०१२ मा चलचित्र ‘गोलियो कि रासलीला राम–लीला’ को छायांकनको क्रममा नै प्रेम बसिसकेको थियो ।

तर, उनीहरूले आफ्नो प्रेमसम्बन्धलाई गोप्य नै राखिरहे । यतिसम्मकी उनीहरूले विवाहको चार वर्षअघि नै गोप्य रूपमा इङ्गेजमेन्ट गरिसकेका थिए । तर, उनीहरूको यो कुरा अहिले आएर सार्वजनिक भएको छ । उनीहरूको विवाह २०१८ मा भएको थियो । एउटा मिडियासँग अन्तवार्ताको क्रममा दीपिका आफैँले इङ्गेजमेन्टको गोप्य कुरा खुलाएकी हुन् । दीपिकाका अनुसार उनीहरूको इङ्गेजमेन्टबारे दुई परिवारबाहेक कसैलाई पनि खबर थिएन । यसबारे दीपिका आफैँले पनि विवाह पछि नै बताएकी हुन् । “निश्चित रूपमा ६ वर्षको लामो प्रेमसम्बन्धमा हामी राम्रो, नराम्रो हरेक परिस्थितिबाट गुज्रियो । हामीबीच झगडा पनि भयो तर हामी हाम्रो प्रेमसम्बधमा भने डटेरै अघि बढिरहेका थियौँ । कतिबेला एकअर्कासँग बोलेनौ होला तर हामीबीच त्यस्तो भयङ्कर झगडा भने भएन,” दीपिका भन्छिन्, “हामीले चार वर्ष पहिला नै इङ्गेजमेन्ट गरिसकेका थियौँ । यो कसैलाई थाहा थिएन । रणवीरको अभिभावक अनि मेरो अभिभावकलाई मात्रै थाहा थियो ।”

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका