नेपालमा कुन राजाले गद्दी त्यागे ? | Samacharpatiनेपालमा कुन राजाले गद्दी त्यागे ? – Samacharpati
  • होमपेज
  • नेपालमा कुन राजाले गद्दी त्यागे ?

नेपालमा कुन राजाले गद्दी त्यागे ?

नेपालमा कुन राजाले गद्दी त्यागे ?

 

केही समय अगाडि जापानमा सम्राट आकिहितोले मङ्गलवार स्वेच्छाले राजगद्दी परित्याग गरे । जापानमा दुई शताब्दीपछि सम्राटले त्यसरी पहिलो पटक स्वेच्छाले गद्दीत्याग गरेका हुन् । त्यसरी गद्दी त्याग्दा नेपालमा पनि राजाले विभिन्न कालखण्डमा गद्दीत्याग गरेको इतिहास पाइन्छ कि भनेर मनमा खु्ल्दुली हुनु सामान्य कुरा हो । किनकि आधुनिक नेपालमा दुई सय ४० वर्ष शासन गरेको शाहवंशमा पनि राजाले गद्दी त्यागेका तीनवटा घटना छन् । कस्तो परिस्थिति र कुन समयमा भए ती राजगद्दी परित्यागका घटना ? इतिहासकार ज्ञानमणि नेपाललाई यो कुरा प्रस्टसँग थाहा छ । कुरा गरौँ गद्दी त्याग्नेहरूको बारेमा ।

रणबहादुर शाह (सन् १७७५–१८०६)

रणबहादुर शाह आधुनिक नेपालका संस्थापक पृथ्वीनारायण शाहका नाति हुन् । बुवा प्रतापसिंह शाहको अल्पायुमै मृत्यु भएपछि रणबहादुर शाह बाल्यकालमै राजा भए । उनलाई राजकाजमा सघाइरहेका काका बहादुर शाहले नेपालको एकीकरण पूरा गरेपछि १८ वर्षमै राजा रणबहादुर शाहसँग सम्पूर्ण अधिकार आइपरेको थियो । रणबहादुरलाई स्त्रीहरूप्रति विशेष लगाव थियो । उनका सात–आठ वटा प्रेमिकाहरू रहेको पाइन्छ । त्यस क्रममै सत्बीउ छर्न आएकी एक सुन्दरी महिला कान्तवतीमाथि दरबारका कर्मचारीहरूले राजाको आँखा पारिदिए । रणबहादुरले जनकपुरकी ती ब्राह्मण विधवालाई दरबारमा ल्याएर राखेका थिए ।

कान्तवतीले जिद्दी भने अर्कै थियो। उनले भनेकी थिइन्, “मैले तपाईँसँग बिहे गरेर दरबारमा कैद भए पनि मेरो जात जान्छ । म त जमिन्दारकी छोरी हुँ। म उतै कसैसँग बिहे गरेर स्वच्छन्दतापूर्वक जीवन बिताउनेछु ।” केही महिना दरबारमा रहेपछि पनि कान्तवती र राजा रणबहादुर दुवैको मन फेरिएन । अन्ततः आजित भइसकेकी कान्तवतीले प्रस्ताव राखिन्– आफूलाई रानी बनाउने र आफ्ना छोरालाई राजगद्दी दिने । रानीको इच्छाका आधारमा रणबहादुरले छोरा जन्मिएको १७ महिनामै रानीको आग्रहमा पशुपतिनाथको धर्मशीलालाई छोएर, सात पुस्ता भाक्दै गद्दीत्यागको धरपत्र गराएका थिए । आफू भने रानीसहित जोगी हुन भन्दै पशुपतिमा गएर बसे । तर त्यहाँबाट समेत उनले आफ्नो अधिकारको अभ्यास भने रोकेनन् । तर पुनः शक्तिमा फर्कन उनमा धर्मसङ्कटको अवस्था थियो ।

राजेन्द्रविक्रम शाह (सन् १८१३–१८८१)

रणबहादुर शाहले खडा गरेको नजिरका आधारमा राजा राजेन्द्रकी कान्छी पत्नीले समेत आफ्ना छोरालाई राजगद्दीको माग गरेपछि नेपालमा सन् १८४६ (१९०३ साल)मा कोतपर्व घटेको थियो । राजा राजेन्द्रका दुईवटी रानीहरू थिए । जेठो छोराले गद्दी सम्हाल्ने परम्पराकै आडमा जेठी रानी साम्राज्ञलक्ष्मीदेवीका छोरा सुरेन्द्र युवराज भए पनि कान्छी रानी राज्यलक्ष्मीदेवीले आफ्ना छोरालाई राजा बनाउन खोजिरहेकी थिइन् । राजा दुवैका सामु निरीह देखिए ।

त्यो महाभारतमा दशरथले सामना गरेको अवस्थाजस्तो थियो । जेठी रानीको मृत्यु भएपछि भने उनलाई केही सहज भयो । उनले कान्छी रानीलाई अधिकार र जेठा छोरालाई युवराजको पदवी दिए। तर अधिकार पाएकी रानीले आफ्नो पुरानै मागमा दरबारभित्र कित्ताकाट गर्न लागिन् । त्यसरी दरबारमा सुरु भएको झगडाको आडमा कोतपर्वमार्फत् जङ्गबहादुरको उदय भयो । राजा गद्दीत्याग गरेर काशी जान बाध्य पारिए । त्यसपछि जङ्गबहादुरले सुरेन्द्रविक्रम शाहलाई राजा बनाए । पछि जङ्गबहादुरलाई मार्न भन्दै राजेन्द्रविक्रम दलबलसाथ आउँदा अलौ पर्व भएको इतिहास छ । त्यसपछि राजेन्द्रविक्रम दरबारमा बन्धक बनाइए ।

ज्ञानेन्द्रविक्रम शाह (सन् १९४७)

शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रले २०६२÷६३ मा भएको जनआन्दोलनबाट पुर्नस्थापित भएको संसद्ले गणतन्त्र घोषणा गरेपछि त्यसलाई स्वीकार्दै गद्दीत्याग गरेका थिए । विसं २०५८ जेष्ठ १९ गते नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएपछि उनका माइला भाइ ज्ञानेन्द्र राजा बन्न पुगेका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका