मापसे गरेका सवारी चालकले प्रहरीलाई घुस दिन खोजेपछि | Samacharpatiमापसे गरेका सवारी चालकले प्रहरीलाई घुस दिन खोजेपछि – Samacharpati
  • होमपेज
  • मापसे गरेका सवारी चालकले प्रहरीलाई घुस दिन खोजेपछि

मापसे गरेका सवारी चालकले प्रहरीलाई घुस दिन खोजेपछि

मापसे गरेका सवारी चालकले प्रहरीलाई घुस दिन खोजेपछि

 

प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग नैकापले चितवनका २४ वर्षीय रोशन श्रेष्ठ र काठमाडौं मच्छेगाउँका ५४ वर्षीय केशव गोपालीलाई नियन्त्रणमा लिएको हो ।

प्रदेश ०३-०२-००४ प ४९७४ नम्बर मोटरसाइकल हाँकिरहेका श्रेष्ठ र पछाडि सवार गोपालीले दुबै मदिरा सेवन गरेको र नैकापको प्रहरी टोलीले चेकिङ गर्दा चालकले पाँच सय रुपैयाँ घुस दिन खोजेका थिए ।

घुस दिन खोजेपछि प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थानकोटमा राखी थप अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका