तराईमा निरन्तर शीतलहर- सुत्केरी र गर्भवतीलाई समस्या, स्थानीय सरकारले गरेन वास्ता • Nepal's Trusted Digital Newspaperतराईमा निरन्तर शीतलहर- सुत्केरी र गर्भवतीलाई समस्या, स्थानीय सरकारले गरेन वास्ता • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • तराईमा निरन्तर शीतलहर- सुत्केरी र गर्भवतीलाई समस्या, स्थानीय सरकारले गरेन वास्ता

तराईमा निरन्तर शीतलहर- सुत्केरी र गर्भवतीलाई समस्या, स्थानीय सरकारले गरेन वास्ता

  • बुधबार, पुस २१, २०७८
तराईमा निरन्तर शीतलहर- सुत्केरी र गर्भवतीलाई समस्या, स्थानीय सरकारले गरेन वास्ता

महोत्तरीलगायत तराईका जिल्लामा शीतलहर कारण मानिसहरूकाे दिनदैनिकी कष्टकर बनेकाे छ । शीतलहर, हुस्सु र बाक्लो कुहिरो जारी छ । यसले मानिसहरू मात्र हाेइन, पशुपक्षी तथा बालीनालीमा समेत असर पारेकाे छ ।

चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा मानिसहरूकाे आउजाउसमेत घटेकाे छ । जिल्लाको विभिन्न बजारमा बाक्लो ऊनी कपडाहरूको बिक्री बढेकाे छ  । चिसोकै कारण जिल्लाको हाट बजारहरूमा मानिसहरू कम देखिन्छन् ।

चिसोकै कारण जिल्लाको स्वास्थ्य केन्द्रहरूलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामी बढेका चिकित्सक बताउँछन् । बढ्दाे जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित भएका छन् । साथै आर्थिक रूले कमजोर व्यक्तिहरूसमेत जाडोको प्रत्यक्ष मारमा परेका छन् ।

चिसोको कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुघा, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीको विभिन्न गाउँ बस्तीमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा स्थानीयवासीले आगो बालेर ताप्ने गरेको देखिन्छ ।

यसैबीच, जाडोकै कारण ग्रामीण भेगमा वस्तुभाउलाई पनि समस्या भइरहेको तथा किसानहरू पनि दलहन, तेलहन र तरकारी बालीमा प्रतिकूल असर परिरहेकामा चिन्तित भएका छन् । जिल्लामा जाडो बढेको करिब तीन साता हुन लाग्दा पनि स्थानीय पालिकाद्वारा हालसम्म जाडोबाट बचाउनका लागि सहयोग गरेका छैनन् ।

विभिन्न सङ्घसंस्था, जिल्लाको दैवी प्रकोप व्यवस्थापन समिति, नेपाल रेडक्रस लगायतले आ–आफ्नो पूर्वतयारी थालेका थिए । गतवर्ष जाडो सुरु हुनासाथ प्रभावित गाउँबस्तीमा न्यानो बाँड्ने काम गरे पनि पनि यस वर्ष अहिलेसम्म कसैको कुनै पहल नदेखिएको जनगुनासो छ । गतवर्ष जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले जाडो याममा सदरमुकाम जलेश्वरसहित जिल्लाको विभिन्न बस्तीमा दाउरा वितरण गरे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका