जीप दुर्घटना हुँदा एक जनाको मृत्यु • Nepal's Trusted Digital Newspaperजीप दुर्घटना हुँदा एक जनाको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

  • बुधबार, पुस २१, २०७८
जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

 

दैलेख भगवतीमाई गाउँपालिका–२ बेस्तडादेखि सदरमुकाम नारायण नगरपालिकातर्फ आउँदै गरेको लु.२ च ४८२९ नं.को डबल क्याप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नारायण नगरपालिका–११ लोहोर कच्ची सडक खण्डमा दुर्घटना हुँदा जीप चालक दैलैख भगवतीमाई गाँउपालिका ६ बस्ने ३० वर्षीया कृष्ण रोकाको घटनास्थलमा नै  मृत्यु भएको हो ।

जीपमा ३ जना महिला ५ जना पुरुष र २ जना बच्चा गरेर १० जना सवार रहेका थिए । घाइतेहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका