‘श्रीमती’का कारण कपिल शर्मा तनावमा ! • Nepal's Trusted Digital Newspaper‘श्रीमती’का कारण कपिल शर्मा तनावमा ! • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘श्रीमती’का कारण कपिल शर्मा तनावमा !

‘श्रीमती’का कारण कपिल शर्मा तनावमा !

  • बुधबार, पुस २१, २०७८
‘श्रीमती’का कारण कपिल शर्मा तनावमा !

 

बलिउड कमेडियन कपिल शर्मा यो समय निकै तनावमा छन् । उनी तनावमा हुने मुख्य कारण उनको चर्चित ‘द कपिल शर्मा शो’ की कलाकार सुमोना चक्रवर्ती हुन् ।

सुमोनाले यो शोमा लामो समयदेखि कपिल शर्माकी श्रीमतीको भूमिकामा दर्शकलाई मनोरञ्जन दिइरहेकी छन् । यी अभिनेत्री अहिले कोरोनाभाइरसको शिकार भएकी छन् । सुमोनालाई कोरोना संक्रमण भएपछि कपिल केही तनावमा देखिएका छन् ।

सुमोनाले सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छन् । उनले आफ्नो स्वास्थ्य अवस्थाकोबारेमा पनि जानकारी दिएकी छन् । सुमोनाका अनुसार उनी होम क्वारेन्टाइनमा छिन् । उनले आफ्नो लागि प्रार्थना गर्न फ्यानमाझ आग्रह गरेकी छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका