क्वारिन्टनमा रहेका चिनियाले खाद्यान्नसँग सामग्री साट्न थाले • Nepal's Trusted Digital Newspaperक्वारिन्टनमा रहेका चिनियाले खाद्यान्नसँग सामग्री साट्न थाले • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • क्वारिन्टनमा रहेका चिनियाले खाद्यान्नसँग सामग्री साट्न थाले

क्वारिन्टनमा रहेका चिनियाले खाद्यान्नसँग सामग्री साट्न थाले

  • बुधबार, पुस २१, २०७८
क्वारिन्टनमा रहेका चिनियाले खाद्यान्नसँग सामग्री साट्न थाले

क्वारिन्टनमा रहेका चिनियाले खाद्यान्नसँग सामान साट्न थालेका छन् । कोरोना भाइरस संक्रमणका कारण चिनिया सहर सियानमा क्वान्टिनमा रहेका मानिसले खाद्यान्नसँग आवश्यक सामानहरु साट्न थालेका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिर तथा भिडियोमा उनीहरुले खाद्यान्नसँग चुरोट र प्राविधिक उपकरणहरु साटिरेहको देखिन्छ । गत २३ डिसेम्वरदेखि करिब १ करोड ३० सियानवासी आ–आफ्ना घरभित्र थुनिएका छन् ।

आउँदो महिनादेखि बेइजिङगमा आयोजना हुने चीनको चान्द्रिक नयाँ वर्ष र हिउँदे ओलम्पिक्सलाई लिएर कोरोनाविरुद्ध कडा सुरक्षा उपायहरु अपनाइएको छ ।

तीनजना व्यक्तिमा कोरोनाको लक्षण देखिनासाथ युझोउ सहर बन्द गरिएको छ । एघार लाख जनसंख्या भएको यस सहरमा यातायात सेवा, मनोरञ्जन स्थलमा प्रतिवन्ध लगाइएको छ । अत्यावश्यक खाद्यान्न पसलबाहेक अन्य सम्पूर्ण पसल बन्द गरिएका छन् ।  महामारी रोकथाम कार्यमा संलग्न कार्यकर्ताहरुलाई मात्र घर बाहिर निस्कने अनुमति दिइएको छ ।

पहलोपटक चीनकै हुवेइ प्रान्तको वुहान सहरमा कोरोना भाइरस देखिएको थियो । चीनले अहिले ‘शून्य भाइरस’ को नीति अवलम्वन गरिरहेको छ ।

बीबीसी

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका