बिजुलीको पोलमा मोटरसाइकल ठोक्कियो, एक जनाको मृत्यु • Nepal's Trusted Digital Newspaperबिजुलीको पोलमा मोटरसाइकल ठोक्कियो, एक जनाको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बिजुलीको पोलमा मोटरसाइकल ठोक्कियो, एक जनाको मृत्यु

बिजुलीको पोलमा मोटरसाइकल ठोक्कियो, एक जनाको मृत्यु

  • बुधबार, पुस २१, २०७८
बिजुलीको पोलमा मोटरसाइकल ठोक्कियो, एक जनाको मृत्यु

ललितपुरमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

मंगलबार राति बा ९५ प ५३३४ नम्बरको मोटरसाइकल कुपण्डोलमा बिजुलीको पोलमा ठोक्किँदा गोदावरी नगरपालिका–९ छम्पीका ३१ वर्षीय राजु तामाङको मृत्यु भएको हो । राजु मोटरसाइकलको पछाडि सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मंगलबजारका ३६ वर्षीय दिपेश तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका