चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु • Nepal's Trusted Digital Newspaperचिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु

चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु

  • बुधबार, पुस २१, २०७८
चिसोले कठ्याङ्ग्रिएर  दुई जनाको मृत्यु

केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन् । यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले जानकारी दिए ।

यस्तै चिसोले कठ्याङ्ग्रिएका सप्तरीका ठाकुरको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको महदेवा गाउँपालिकाकी उपाध्यक्ष ममता यादवले बताइन् । अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाका चार स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका