तनहुँमा नवजात शिशुसहित दुई जना मृत फेला • Nepal's Trusted Digital Newspaperतनहुँमा नवजात शिशुसहित दुई जना मृत फेला • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • तनहुँमा नवजात शिशुसहित दुई जना मृत फेला

तनहुँमा नवजात शिशुसहित दुई जना मृत फेला

  • बुधबार, पुस २१, २०७८
तनहुँमा नवजात शिशुसहित दुई जना मृत फेला

तनहुँमा नवजात शिशुसहित दुई जना मृत फेला परेका छन् । व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए ।

स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली पठाइएको उनले बताए । शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसैगरी आँबुखैरेनी गाउँपालिका–३ शिवालय मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ । मन्दिर नजिकैको धर्मशालाको पेटीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न सकेको छैन ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका