ललितपुरबाट चोरी भएका ऐतिहासिक मूर्तिसहित दुई जना पक्राउ • Nepal's Trusted Digital Newspaperललितपुरबाट चोरी भएका ऐतिहासिक मूर्तिसहित दुई जना पक्राउ – Nepal's Trusted Digital Newspaper ललितपुरबाट चोरी भएका ऐतिहासिक मूर्तिसहित दुई जना पक्राउ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ललितपुरबाट चोरी भएका ऐतिहासिक मूर्तिसहित दुई जना पक्राउ

ललितपुरबाट चोरी भएका ऐतिहासिक मूर्तिसहित दुई जना पक्राउ

  • मङ्लबार, पुस २०, २०७८
ललितपुरबाट चोरी भएका ऐतिहासिक मूर्तिसहित दुई जना पक्राउ

प्रहरीले ललितपुरबाट चोरी भएका ऐतिहासिक मूर्तिसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी परिसर जाउलाखेलले पुस १५ गते राति ललितपुरको गोदावरी नगरपालिका- ३ स्थित पञ्चयिन मन्दिरबाट चोरिएको बुद्धको मूर्तीसहित रामेछापको दोरम्बा गाउँपालिका- २ का २३ वर्षीय नेसनल योञ्जनलाई पक्राउ गरिएको जानकारी दिएको छ ।

योञ्जनलाई उक्त मूर्ति बिक्रीका लागि लिएर हिँडिरहेको अवस्थामा १७ पुसमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै टौखेलबाट चोरी भएको बुद्धको मूर्ति खरिद गर्न आउने क्रममा ललितपुर महानगरपालिका- २० बस्ने ४५ वर्षीय सानुलाल महर्जनलाई १८ पुसमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका