गृह मन्त्रालयसँगको सहमतिपछि रुबीले तोडिन् अनसन • Nepal's Trusted Digital Newspaperगृह मन्त्रालयसँगको सहमतिपछि रुबीले तोडिन् अनसन – Nepal's Trusted Digital Newspaper गृह मन्त्रालयसँगको सहमतिपछि रुबीले तोडिन् अनसन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गृह मन्त्रालयसँगको सहमतिपछि रुबीले तोडिन् अनसन

गृह मन्त्रालयसँगको सहमतिपछि रुबीले तोडिन् अनसन

  • मङ्लबार, पुस २०, २०७८
गृह मन्त्रालयसँगको सहमतिपछि रुबीले तोडिन् अनसन

अधिकारकर्मी रुबी खानले आमरण अनसन तोडेकी छन् । गृह मन्त्रालयसँगको सहमतिपछि सोमबार रातिदेखि जारी अनसन खानले मंगलबार तोडेकी हुन् ।

खान र गृह मन्त्रालयबीच चार बुँदे सहमति भएको छ । मंसिर ९ देखि रुबीलगायतका अधिकारकर्मीहरूले माइतिघरमा धर्ना दिएका थिए । तर, धर्नाको ४० दिनसम्म पनि सरकारले सुनुवाइ नगरेको भन्दै रुबीले सोमबार रातिदेखि अनसन सुरु गरेकी थिइन् ।

मंगलबार जाहेरीमा उठेका विषयलाई सीआईबीले अनुसन्धान गर्ने सहमति भएको छ । त्यस्तै अधिकारकर्मीहरूका परिवारलाई दिइएको थ्रेटमा सुरक्षाको प्रत्याभूति दिलाउने गृह मन्त्रालयले प्रतबद्धता जनाएको छ ।

त्यस्तै हिरालाल रेग्मीको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने तथा दोषिहरूलाई कानुनी कठघरामा उभ्याउने विषयमा पनि सहमति भएको छ ।

बाँकेकी निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी कसूरको अनुसन्धान हुनुपर्ने माग राख्दै रुबीलगायतका अधिकारकर्मीहरू आन्दोलनमा छन् ।

खानले तीन वटा माग राख्दै अनसन सुरु गरेकी थिइन् । उक्त घटनाको अनुसन्धानका लागि सीआईबीको टोली पठाउनुपर्ने, हिरालाल रेग्मी संयोजकत्वको समितिले दिएको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने र माइतीघरमा आन्दोलनरत अधिकारकर्मीलाई सुरक्षा प्रदान गर्नुपर्ने खानको माग थियो ।

निर्मला कुर्मीको अपहरण र हत्यामा पूर्वसांसद बादशाह कुर्मीलगायतका व्यक्तिको संलग्नता रहेको उनीहरूको आरोप छ ।

सहमतिपछि डा. गोबिन्द केसीले रुबीलाई जुस खुवाएर अनसन तोडाएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका