सुनकाे मूल्य ताेलामा ९०० ले घट्याे, यस्ताे छ आजकाे बजार भाउ • Nepal's Trusted Digital Newspaperसुनकाे मूल्य ताेलामा ९०० ले घट्याे, यस्ताे छ आजकाे बजार भाउ • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • सुनकाे मूल्य ताेलामा ९०० ले घट्याे, यस्ताे छ आजकाे बजार भाउ

सुनकाे मूल्य ताेलामा ९०० ले घट्याे, यस्ताे छ आजकाे बजार भाउ

  • मङ्लबार, पुस २०, २०७८
सुनकाे मूल्य ताेलामा ९०० ले घट्याे, यस्ताे छ आजकाे बजार भाउ

 

नेपाली बजारमा मंगलबार सुनकाे मूल्य ९०० ले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ  कायम भएकोमा मगंलबार ९०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको हो । मंगलबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ६१५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका