शौचालयभित्र नवजात शिशु फेला पर्‍यो, एक महिला पक्राउ • Nepal's Trusted Digital Newspaperशौचालयभित्र नवजात शिशु फेला पर्‍यो, एक महिला पक्राउ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • शौचालयभित्र नवजात शिशु फेला पर्‍यो, एक महिला पक्राउ

शौचालयभित्र नवजात शिशु फेला पर्‍यो, एक महिला पक्राउ

  • मङ्लबार, पुस २०, २०७८
शौचालयभित्र नवजात शिशु फेला पर्‍यो, एक महिला पक्राउ

एअर मरिशशका कर्मचारीले आफ्नो विमानको शौचालयमा फोहोर फाल्ने भाँडोमा एउटा नवजात शिशु फेला पारेका छन् । म्याडग्यास्करकी एउटी २० वर्षीया युवतीलाई बच्चा जन्माएर त्यसरी फालेको आशङ्कामा पक्राउ गरिएको छ ।

एअर मरिशशको उक्त विमान ज्यानुअरी १ मा म्याडाग्यास्करबाट सर सीवुसागुर रामगुलाम अन्तर्राष्ट्रिय विमानस्थलमा आएको थियो ।

विमानस्थलका अधिकारीहरूले विमानको नियमित जाँच गर्दा त्यहाँ भर्खर जन्मिएको जीवित शिशु फेला पारेका थिए ।
उनीहरूले शिशुलाई तत्काल उपचारका लागि सार्वजनिक अस्पताल पु¥याएका थिए।

उक्त बच्चाकी आमा भएको आशङ्कामा पक्राउ परेकी महिलाले सुरुमा बच्चा आफ्नो नभएको दाबी गरेकी थिइन् । चिकित्सकीय परीक्षणमा भने उनले भर्खरै बच्चा जन्माएको पुष्टि भयो ।

अहिले ती महिलालाई प्रहरीको निगरानीमा अस्पतालमै राखिएको छ ।
उनी र शिशु दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ . ।

दुई वर्षका लागि काम गर्ने अनुमति लिएर मरिशश आइपुगेकी मालागासी महिलासँग अस्पतालबाट निस्किएपछि थप सोधपुछ गरिनेछ ।

उनीविरुद्ध नवजात शिशुलाई बेवारिसे अवस्थामा छाडेको आरोप छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका