एउटा नक्साले आमासँग गराएको भेट • Nepal's Trusted Digital Newspaperएउटा नक्साले आमासँग गराएको भेट • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • एउटा नक्साले आमासँग गराएको भेट

एउटा नक्साले आमासँग गराएको भेट

  • मङ्लबार, पुस २०, २०७८
एउटा नक्साले आमासँग गराएको भेट

 

अपहरणमा परेको ३० वर्षपछि एक चिनियाँ पुरुषले सम्झनाको आधारमा बनाएको बाल्यकालको गाउँको चित्रका कारण आमासँग भेट्न पाएका छन् । ली जिङ्वी आफ्नो घरबाट चोरिएर बेचिँदा चार वर्षका मात्र थिए । डिसेम्बर २४ मा उनले आफूले कोरेको नक्सा भिडिओ एप डोउयीनमा राखे जसलाई प्रहरीले उनको गाउँ र आमा भेट्टाउन सघायो । डीएनए परीक्षणमा नाता प्रमाणित भएपछि शनिवार उनीहरू भेट्न पाए ।

निकै व्यग्रतासाथ प्रतीक्षा गरिएको उक्त पुनर्मिलनअघि लीले आमा भेट्न सघाउने सबैलाई धन्यवाद दिएका छन् । उनले लेखेका छन्, “३० वर्षको प्रतीक्षा, व्यग्रताका अनगिन्ती रात र अन्ततः सम्झनाको आधारमा हातले कोरेको नक्सा ।”
ली युनान प्रान्तको एउटा दक्षिण–पश्चिमी सहरबाट सन् १९८९ मा चोरिएर १,८०० किलोमिटर टाढा एउटा परिवारलाई बेचिएका थिए ।

अहिले दक्षिणी चीनको ग्वाङ्दोङ प्रान्तमा बसिरहेका उनले आफूलाई संरक्षण दिने अभिभावक वा डीएनएको सङ्ग्रहबाट आफूबारे थाहा नपाएपछि इन्टरनेटको सहारा लिएका थिए । भिडिओमा उनले भनेका छन्, “म आफ्नो घर खोजिरहेको बालक हुँ। मलाई एक जना तालुखुइले छिमेकीले सन् १९८९ तिर हेनान लगेका थिए जतिखेर म चार वर्ष जतिको मात्र थिएँ ।” “यो मेरो घर भएको ठाउँको नक्सा हो जुन मैले आफ्नो स्मृतिबाट बनाएको हुँ,“ उनले गाउँको खेस्रा कोरेको कागज देखाउँदै भने । उक्त चित्रमा उनले विद्यालय ठानेको एउटा भवन, बाँसको जङ्गल र एउटा सानो पोखरी देखिन्छ ।

छोरालाई निकै महत्त्व दिइने चीनमा बालबालिकाको चोरी हुनु कुनै नौलो घटना होइन । धेरै बालबालिकाहरूको सानैमा अपहरण गरेर ती अन्य परिवारलाई बेचिन्छन् । सन् २०१५ को एउटा आँकडा अनुसार बर्सेनि २०,००० बालबालिकाहरूको अपहरण हुने देखिन्छ । सन् २०२१ मा आफूलाई जन्माउने आमाबुवासँग लामो समयपछि पुनर्मिलन भएका थुप्रै घटना देखिएका थिए ।

प्राणघातक औषधिको दुरुपयोग रोक्न मानिसहरूले आत्महत्याको निर्णयबारे जानकारी गराएका वकिल वा नोटरीलाई मात्रै औषधि पसलबारे जानकारी हुनेछ । यस्ता औषधि पसलहरूलाई आफ्नो विज्ञापन गर्न समेत रोक लगाइएको छ । अस्ट्रियामा कसैलाई आत्महत्यामा सहयोग गर्नेलाई पाँच वर्षसम्म सजाय हुने कानुनी व्यवस्था छ । तर सङ्घीय अदालते एक वर्षअघि “मानिसहरूले आत्मनिर्णयको अधिकार कुण्ठित भएको” ठहर गर्दै अरूको सहयोग लिएर आफैँलाई मार्न लगाइएको पूर्ण प्रतिबन्ध हटाउन आदेश दिएको थियो । कसैले अनुरोधमा मर्न सघाउनेहरूलाई अझै पनि अस्ट्रियामा पाँच वर्ष जेल सजाय हुने कानुनी व्यवस्था कायम छ ।

संसद्बाट नयाँ कानुनी व्यवस्था पारित हुनुअघि केही विपक्षी दलहरूले आत्महत्या चाहनेहरूलाई अझै पनि धेरै कानुनी झन्झट रहेको बताएका थिए । एकजना मनोचिकित्सकको मूल्याङ्कन मात्रै बिरामीहरूको निर्णय क्षमता पहिचानका लागि पर्याप्त नरहेको भन्दै अन्य दलहरूले थप प्रतिबन्धहरू राख्न आवश्यक रहेको तर्क गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका