दक्षिण कोरियामा ओमिक्रोनबाट पहिलो पटक दुई जनाको मृत्यु • Nepal's Trusted Digital Newspaperदक्षिण कोरियामा ओमिक्रोनबाट पहिलो पटक दुई जनाको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • दक्षिण कोरियामा ओमिक्रोनबाट पहिलो पटक दुई जनाको मृत्यु

दक्षिण कोरियामा ओमिक्रोनबाट पहिलो पटक दुई जनाको मृत्यु

  • मङ्लबार, पुस २०, २०७८
दक्षिण कोरियामा ओमिक्रोनबाट पहिलो पटक दुई जनाको मृत्यु

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट दक्षिण कोरियामा पहिलो पटक दुई जनाको मृत्यु भएको छ ।

मृत्यु भएका दुवै जना झन्डै ९० वर्षका थिए । उनीहरूमध्ये एक जनाको डिसेम्बर २७ मा र एक जनाको डिसेम्बर २९ मा मृत्यु भए पनि ओमिक्रोनबाट मृत्यु भएको भन्ने विवरण भने सोमबार मात्रै सार्वजनिक गरिएको हो ।

राजधानी सोलबाट ३३० किलोमिटर टाढा पर्ने ग्वान्जौमा उनीहरूको मृत्यु भएको हो । सङ्क्रमण पुष्टि भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको थियो ।

दक्षिण कोरियाका सरकारी अधिकारीहरूले दुई जनाको मृत्यु भएको विवरण सार्वजनिक गर्दै ओमिक्रोनले महामारीको रूप लिनसक्ने बताएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका