इजरायलमा कोरोनाविरुद्ध खोपको चौथो डोज लगाउन सुरु • Nepal's Trusted Digital Newspaperइजरायलमा कोरोनाविरुद्ध खोपको चौथो डोज लगाउन सुरु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • इजरायलमा कोरोनाविरुद्ध खोपको चौथो डोज लगाउन सुरु

इजरायलमा कोरोनाविरुद्ध खोपको चौथो डोज लगाउन सुरु

  • सोमवार, पुस १९, २०७८
इजरायलमा कोरोनाविरुद्ध खोपको चौथो डोज लगाउन सुरु

इजरायलमा कोरोना भाइरस विरुद्धको खोप चौथो पटक लगाउन थालिएको छ ।

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार सोमबारदेखि ६० वर्ष वा सोभन्दा बढी उमेरका र स्वास्थ्यकर्मीहरूलाई चौथो मात्रा खोप लगाउन थालिएको हो ।

कोरोना भाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोन भाइरस फैलिन थालेपछि त्यसबाट जीवन जोगाउनका लागि चौथो मात्राको खोप लगाउन थालिएको अधिकारीहरूले जनाएका छन् ।

खोपको मात्रा बढाउँदै लगेमा कोरोना भाइरसका नयाँ नयाँ भेरियन्टले पनि असर पार्ने संभावना कम हुने वैज्ञानिकहरूले बताएका छन् ।

तेस्रो मात्रा खोप लगाएको कम्तीमा चार महिना पूरा भएकाहरूले मात्रै चौथो मात्रा खोप लगाउने पाउने व्यवस्था गरिएको छ ।

देशमा चौथो मात्राको खोप लगाउन सुरु गर्ने निर्णय सरकारले आइतबार मात्रै गरेको हो । कोरोनाभाइरस विरुद्ध चौथो मात्रा खोप लगाउन सुरु गर्ने देशमा इजरायल नै पहिलो देश भएको छ ।

इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार थप ६ हजार ५ सय ६२ जना नयाँ सङ्क्रमित भएका छन् । अघिल्ला दिनमा भन्दा सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री नाफ्ताली बेनेटले चाँडै नै दैनिक ५० हजार सङ्क्रमित थपिने चेतावनी दिँदै उच्च सतर्कता अपनाउन आह्वान गरेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका